हेटौंडाका १९ वटै वडामा पुस्तकालय स्थापनाका लागी बजे छुट्याईने 

हेटौंडा । पुस्तकालय अभियान समूह मकवानपुरले हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडामा पुस्तकालय स्थापनाका लागी आग्रह गरेको छ । अभियानको पहिलो वार्षिकोत्सवको अवसर पारेर आज अभियानले उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुसँग यस्तो आग्रह गरेको हो ।
हेटौंडा उपमहानगरपालिकाको सभाहलमा आयोजना गरिएको कार्यक्रममा पुस्तकालय अभियान समूहले पुस्तकालय स्थापनाका लागि सञ्चालित अभियानको विषयमा जानकारी गराउँदै नगर प्रमुख र उपप्रमुखलाई अनुरोध पत्र समेत बुझाएको छ । पुस्तकालय अभियान समूहका सदस्य एवं साहित्यकार निमेष निखिल र प्रतिमा श्रेष्ठले नगर प्रमुख र उपप्रमुखलाई अनुरोधपत्र बुझाएका हुन् । 
अनुरोध पत्र बुझ्दै हेटौंडा उपमहानगरपालिकाका मेयर मीना कुमारी लामा, उपप्रमुख राजेश बानियाँ र कार्यक्रम उपस्थित वडा अध्यक्षहरुले पुस्तकालय स्थापनाका लागि बजेट विनियोजन गर्न प्रतिवद्धता जनाएका छन् । उक्त अवसरमा मेयर लामाले पुस्तकालय स्थापना र सञ्चालनका लागि नागरिकस्तरबाट आएको प्रस्ताव महत्वपूर्ण रहेकोले आगामी आर्थिक वर्षको बजेटमा पुस्तकालय स्थापनाको योजनालाई समावे गर्ने बताईन । 
यस्तै नगर उपप्रमुख राजेश बानियाँले सभ्य समाज निर्माणका लागि पठन संस्कृतिको विकास गर्नुपर्ने उल्लेख गर्नुहुँदै इतिहास जान्न पढ्नुको विकल्प नभएको र पढ्नका लागि पुस्तकालय आवश्यक भएकोमा जोड दिए ।
यसैगरी वडा अध्यक्षहरुको तर्फबाट १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेले नगरभित्रका हरेक वडा पुस्तकालय स्थापना, सञ्चालन र व्यवस्थापनमा सहयोग प्रतिवद्ध रहेको बताए । कार्यक्रममा पुस्तकालय अभियान समूहका सदस्य सुरेश श्रेष्ठले अभियानका बारेमा जानकारी गराएका थिए । उनले अहिलेसमम पुस्तकालय अभियान समूह मकवानपुरले मकवानपुर जिल्लामा १२ वटा तथा बारा र रौहतटमा एक एक वटा गरी कुल १४ वटा पुस्तकालय स्थापना गरेका जानकारी दिए । -prastakhabar

मुख्य समाचार