मदन भण्डारी फाउण्डेशन मकवानपुरको तेस्रो अधिवेशन, अध्यक्षमा पुन खुलाल

 

हेटौंडा / मदन भण्डारी फाउण्डेशन मकवानपुरको तेस्रो जिल्ला अधिवेशन आईतबार हेटौंडामा सम्पन्न भएको छ ।
अधिबेशनले पुन रघुनाथ खुलालको अध्यक्षमा १६ सदस्यीय नयाँ जिल्ला कमिटी निर्वाचित गरेको छ ।

अधिवेशनले फाउन्डेशनको उपाध्यक्षमा आशाकाजी श्रेष्ठ, सचिवमा बोलबहादुर कार्की, सहसचिवमा शिवहरि दाहाल र कोषाध्यक्षमा चन्दावती पनेरुलाई चयन गरेको छ ।
त्यस्तै सदस्यहरुमा मुकुन्द अधिकारी, उत्तम न्यौपाने, तुलसी रिजाल, धर्म बस्नेत, सानु लामा, रवि रेग्मी, विवश अधिकारी, गोकर्ण तिवारी, किशन घिसिङ, राधिका चौलागाई र कुमार केसीलाई चयन गरेको छ ।
जिल्ला अधिबेशनको उद्घाटन गर्नुहुदै फाउन्डेसनका केन्द्रिय सदस्य एवं बागमती प्रदेश सरकारका पुर्व मुख्यमन्त्री डोरमणी पौडेलले जननेता मदन भण्डारीले अघि सारेको विचार र मान्यताहरुको अध्ययन, अनुसन्धान विकास तथा तिनको कार्यान्वयन गर्दे सामाजिक विकास गर्ने उदेश्यले फाउण्डेशनको स्थापना भएको बताउनुभयो । उहाँले जननेता मदन भण्डारीका नविन बिचारलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न फाउण्डेशनले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउनुभयो ।

एमाले केन्द्रिय सदस्य एवम् मकवानपुर ईन्चार्ज रामेश्वर रानाले जननेता मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादको सिद्धान्तलाई मार्ग दर्शन बनाएर फाउण्डेशनले आफ्ना गतिविधि अघि सार्नु पर्ने बताउनुभयो । एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले फाउण्डेसनले आगामी दिनमा विभिन्न कार्यक्रम मार्फत जन नेता मदन भण्डारीका विचार गाउँगाउँसम्म पुर्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने धारणा वक्त गर्नुभएको थियो ।

अधिवेशनका अवसरमा मदन भण्डारी फाउण्डेशन मकवानपुरका संस्थापक अध्यक्ष स्व.श्रीचन्द्र शर्माको स्मृतिमा स्थापना गरिएको सम्मान हेटौंडा- ५ निवासी बम बहादुर लामालाई प्रदान गरिएको छ । नेपालको पहिलो मजदुर आन्दोलनदेखि हालसम्म पनि विभिन्न कम्युनिष्ट आन्दोलनमा देश र जनाताका लागि अतुलनिय योगदान उर्याउनु भएका लामालाई ११ हजार एक सय एघार रुपैया नगदसहित सम्मान गरिएको हो ।

फाउण्डेशनका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षता तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री एवम् फाउण्डेशनका केन्द्रिय सदस्य डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा फाउण्डेशनका प्रदेश सदस्य जुनेली श्रेष्ठ, एमाले मकवानपुरकी जिल्ला कमिटी सदस्य गणेश कुमारी प्रधानलगायतको सहभागिता थियो ।

मुख्य समाचार राजनीति समाचार समाज स्थानीय