मिटरब्याजी तेलीकी छोरी अनुराधा पक्राउ 

प्रहरीले सप्तरीका मिटरब्याजी रामदेव साह तेलीकी छोरी अनुराधा साह तेलीलाई काठमाडौंबाट पक्राउ गरेको छ । 

अनुराधा पनि बाबुसँगै ठगीमा संलग्न रहेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाले सोमबार ४५ वर्षीया अनुराधालाई बुद्दनगरबाट पक्राउ गरेको हो । 

बाबु रामदेव तेली भने फरार रहेका छन् । केहि दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले रामदेवलाई तत्काल पक्राउ गर्न निर्देशन दिएका थिए ।

मुख्य समाचार