बागमती प्रदेशसभामा मंगलबार ५ वटा प्रतिवेदन पेश हुने 

हेटौंडा । बागमती प्रदेशसभामा मंगलबार ५ वटा प्रतिवेदन पेश हुने भएको छ ।


मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा ५ वटा प्रतिवेदन पेश हुने भएको हो । बैठकमा मूख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश लोकसेवा आयोगको ०७७/०७८ को बार्षिक प्रतिवेदन पेश गर्ने भएका छन् । 


बैठकमा प्रदेश मामिला समितिका सभापति माधव पौडेल, अर्थ तथा विकास समितिका सभापति नारायणबहादुर सिलवाल, शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति केशवप्रसाद पोखरेल र उद्योग पर्यटन तथा वातावरण समितिका सभापति रमा आलेले आफ्नो समितिको बार्षिक प्रतिवेदन पेश गर्नेछन् ।


सोमबार कै बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मटेलले आर्थिक सर्वेक्षण २०७८/७९ पेश गर्नेछन् ।


बागमती प्रदेश सरकारको नयाँ बजेटका लागि असार १ गते बुधबार अपरान्ह ४ बजे बैठक बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गरेको छ ।

राजनीति