लुम्बिनी प्रदेशको स्वास्थ्य राज्यमन्त्री विमला वली पक्राउ


३१ जेठ,हेटौंडा- लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री विमला कुमारी खत्री वली हातपात गरेको आरोपमा प्रहरी नियन्त्रणमा परेकी छिन् ।

तुलसीपुर उपमहानगर–५ स्थित सब्जिमण्डी बजार नजिकै एकजना महिलाको घरमै गएर कुटपिट गरेको भन्दै प्रहरीले वलीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रन्जनबहादुर स्वारले बताएका छन् ।

बिहानको करिब ८ बजेको समयमा ती महिलालाई राज्यमन्त्री वलीले हातपात गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि उनलाई छानबिनका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

मुख्य समाचार लुम्बिनी प्रदेश समाज