किसान महासंघले माग्यो बागमतीका मुख्यमन्त्री पाण्डेको राजीनामा


बागमती प्रदेशकाे राजधानी हेटाैडामा मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेकाे राजिनामा मागिएकाे छ । अखिल नेपाल किसान महासंघ बागमती प्रदेश कमिटीले मुख्यमन्त्री पाण्डेको राजिनामा माग गरेकाे हाे ।

नेकपा एमाले निकट महासंघले म‌गलबार प्रदेश सरकारलाई ज्ञापन पत्र प्रस्तुत तथा विरोध कार्यक्रम गर्दै मुख्यमन्त्री पाण्डेकाे राजिनामा मागेकाे हाे । मंगलबार हेटौडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडी विरोध प्रर्दशन गर्दै सहभागीहरुले मुख्यमन्त्री कार्यालयको गेटमा धर्ना समेत दिएका थिए । महास‌ंघले प्रदेश सरकारले किसानलाई समयमा मल उपलब्ध गराउन नसकेको भन्दै मुख्यमन्त्रीकाे राजिनामा माग गरेको हो ।

अखिल नेपाल किसान महासंघ बागमती प्रदेश कमिटीका संयोजक सुरेन्द्र मोहन शर्माले अहिले किसानलाई मल आवश्यक पर्ने समयमा मल उपलब्ध नहुनु प्रदेश सरकारको कमजोरी रहेको बताए । धानबाली र मकैलाई मल चाहिने समय अहिले भए पनि प्रदेश सरकारले किसानलाई मल उपलब्ध गराउन नसकेको आराेप लगाउँदै मुख्यमन्त्रीकाे राजिनामा मागिएकाे उनले बताए । उनले किसानलाई मल समेत सयममा उपलब्ध गराउन नसक्ने प्रदेश सरकार मुख्यमन्त्रीले राजिनामा दिनुपर्ने बताए । बिरोध प्रर्दशनमा सहभागीहरुले ‘किसानलाई तुरन्त मल उपलब्ध गर’, ‘किसानलाई मल उपलब्ध गराउन नसक्ने प्रदेश सरकार मुर्दावाद’, ‘मुख्यमन्त्री राजिनामा दे’, ‘किसान परिचय पत्र लागु गर’, ‘सबै किसान एक हौँ’ नारा लगाएका थिए ।

किसान महासंघले प्रदेश सरकारलाई मल उपलब्ध गराउन ध्यानाकर्षण पत्र बुझाएको छ । मुख्यमन्त्रीको उपस्थिति नभएकाले प्रदेश सरकारका निमित्त सचिव यमलाल भुषालले ज्ञापनपत्र बुझेका हुन् । ज्ञापन पत्र प्रस्तुत तथा विरोध कार्यक्रममा किसान महासंघका केन्द्रीय सदस्य शम्भु सुवेदी, बिनोद पौडेल, प्रदेश सचिव अरुण कुमार र किसान महासंघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । सहिखबरबाट

बागमती प्रदेश मुख्य समाचार