संगमटोल विकास संस्थाको अध्यक्षमा पुनः नरेन्द्र लम्साल


३१ जेठ,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नम्बर – ३ मा रहेको संगमटोल विकास संस्थाको अध्यक्ष पदमा पुन: नरेन्द्र लम्साल चयन भएका छन् । आज भएको टोल विकास संस्थाको दोस्रो साधारण भेलाले लम्साललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

त्यस्तै सभाले उपाध्यक्षमा भिमकुमारि न्यौपाने ,सचिब मनोज देबकोटा , कोषाध्यक्ष अनिता सापकोटा , सदस्यहरु नवराज चौलागाई , लक्ष्मि घिमिरे, भिम कुमार गजुरेल, नारायण प्रसाद ढुङ्गाना,चन्द्र बहादुर पाख्रिन,सरिता तिमल्सिना र शिव सापकोटा लाई निर्विरोध चयन गरेको छ । भेलाले लम्सालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको हो ।

मुख्य समाचार समाज स्थानीय