राष्ट्रिय सहकारी बैंकद्वारा हेटौंडामा रहेका हातेमालो र दिब्यतारा सहकारी सम्मानित

१ असार,हेटौंडा- राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखाले नियमित कारोबार बिधामा उत्कृष्ट रहेको भन्दै हेटौंडामा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई सम्मान गरेको छ । यसैगरी बैंकले हेटौंडा मै रहेको दिब्यतारा बहुउद्देश्यीय सहकारी संस्थालाई धेरै कारोबार गर्ने बिधा तर्फबाट सम्मानित गरेको छ ।



राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखाको आयोजनामा हेटौडामा बुधबार (आज) भएको हेटौंडा शाखा स्तरीय सदस्य सम्मान तथा अन्तरक्रिया कार्यक्रममा ती सहकारीहरुलाई सम्मान गरिएको हो ।

बैंकको हेटौंडा शाखाका संयोजक नारायण प्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रम राष्ट्रिय सहकारी बैंकका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका संचालक के.बी उप्रेतीको प्रमुख आतिथ्यतामा भएको हो । सो अवसरमा कार्यक्रमका विशेष अतिथि राष्ट्रिय सहकारी महासंघका निवर्तमान संचालक बद्रीप्रसाद लम्साल , राष्ट्रिय सहकारी बैंकका नायब महाप्रबन्धक राजेश श्रेष्ठ , बैंकका संचालक रामहरि बजगाँई , बैंकका लेखा समिति सदस्य तारा गुरुङ लगायतले सहभागीहरुले राखेका जिज्ञासाहरुको जवाफ सहित मन्तब्य व्यक्त गर्नुभएको थियो ।



कार्यक्रममा राष्ट्रिय सहकारी बैंकले दिईरहेको सेवा सुविधा तथा भावी योजनाहरुको विषयमा राष्ट्रिय सहकारी बैंकका नायब महाप्रबन्धक राजेश श्रेष्ठले प्रस्तुतिकरण गर्नुभएको थियो । साथै बैंक तथा सहकारी क्षेत्रमा परेका समस्या तथा समाधानका विषयमा ,सरोकारवाला र सहकारीका प्रतिनिधि बिच अन्तरक्रिया भएको थियो ।

अर्थ बागमती प्रदेश मुख्य समाचार राजनीति