मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १९ करोड बजेट विनियोजन 

हेटौंडा । बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुदृढिकरणका लागि १९ करोड रुपैंया बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक बर्ष ०७९/०८० बजे बजेटमा प्रतिष्ठानका लागि १९ करोड २ लाख ५६ हजार रुपैंया बजेट विनियोजन गरेको हो । विनियोजित बजेटले प्रतिष्ठानको अन्तरगतको अस्पताल स्थापनाको लागि आवश्यक प्रक्रिया अघि बढाई शैक्षिक कार्यक्रम र भौतिक पूर्वाधार समेत विस्तार गरिने उल्लेख छ ।
प्रदेश सरकारले हेटौंडा अस्पतालाई २ सय शैयाको अस्पताल बनाउने जनाएको छ । सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रको सहकार्यमा हेटौंडा अस्पतालमा मानव अंग प्रत्यारोपण सेवा संचालन गरिने बजेटमा उल्लेख छ । यसका लागि ८ करोड रुपैंया विनियोजन गरिएको छ ।

मुख्य समाचार