जनजागरण दुग्ध सहकारीमा दुग्ध ब्यवसाय सम्बन्धि तालिम

५ असार,मक्रान्चुली- हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९, नेवारपानीमा रहेको जनजागरण दुग्ध उत्पादक सहकारी संस्थामा दुग्ध ब्यवसाय सम्बन्धि तालिमको आयोजना गरिएको छ ।

दुई दिन सम्म संचालन हुने तालिमको आज उद्घाटन गरिएको छ । संस्थाका अध्यक्ष शिवप्रसाद अर्यालको अध्यक्षता तथा जिल्ला दुग्ध सहकारी संघका ब्यवस्थापक कुमारमणि दाहालको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो ।

तालिमको आज पहिलो दिन स्वच्छ दुग्ध उत्पादन तथा बिक्री ब्यवस्थापन , दुधको गुणस्तर , दुग्ध उत्पादनमा लागत घटाउने विषयमा छलफल गरिएको संस्थाका ब्यवस्थापक विष्णुप्रसाद लामिछानेले बताउनुभयो । आजको तालिममा जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरका ब्यवस्थापक कुमारमणी दाहाल , संघकै कर्मचारी गोविन्दप्रसाद तिमल्सिना लगायतले तालिमको सहजीकरण गर्नुभएको थियो ।

यसैगरी भोलि पशु प्राविधिकबाट पशु स्वास्थ , स्वस्थ्य आहार-बिहार लगायतका विषयमा तालिम प्रदान गरिने संस्थाका संचालक समिति सदस्य रामप्रसाद पौडेलले जानकारी दिनुभयो । तालिममा करिब ३० जनाको सहभागीता रहेको छ ।

मुख्य समाचार समाचार समाज सहकारी