मकवानपुरमा राउटरमा चट्याङ परेर बन्द भएको परिचयपत्र विवरण संकलन आजबाट सुरु

हेटौँडा । असार २ गते चट्याङ परेर राउटर सहित मेसिन विग्रिएपछि बन्द भएको राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्य सोमबार (आज)देखि पुनः सुरु हुने भएको छ । ग जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतबार सूचना जारी गर्दै विवरण संकलन पुनः हुने जानकारी गराएको हो ।

असार १ गते राती वर्षासँगै परेको चट्याङले राउटर र मेसिन बिग्रिएर २ गतेदेखि स्थगित भएका विवरण संकलन कार्य असार ६ गते सोमबार देखि पुनः संचालन गरिने प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।

मुख्य समाचार