जनप्रतिनिधिहरुलाई वडा स्तरीय युवा क्लबको स्वागत र सम्मान

 

हेटौंडा/हेटौंडा उपमहानगरपालिका ३ नं वडा स्तरीय युवा क्लबले हेटौंडा- ३ का जनप्रतिनिधिहरुलाई स्वागत एवं सम्मान कार्यक्रमको आयोजना गरेको छ ।

हेटौंडा उपमहानगरपालिका अन्तर्गत रहेको वडा स्तरीय युवा क्लब हेटौंडा-३ ले सोमबार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि नवनिर्वाचित जनप्रतिनिधिहरुको स्वागत, सम्मान र शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो ।

युवाक्लबकी अध्यक्ष सहनशिला ढकालले अबिर र दोसल्लासहित नवनिर्वाचित अध्यक्ष तथा वडा सदस्यको स्वागत तथा सम्मान गरेकी थिइन ।
कार्यक्रममा जनप्रतिनिधिहरु वडा अध्यक्ष ढलक बहदुर थापा, वडा सदस्यहरु सबिना बिडारी, देवकी विश्वकर्मा, रत्न बहादुर ब्लोन र हर्क बहादुर पाख्रीनलगायत युवा क्लबका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

मुख्य समाचार समाचार समाज स्थानीय