‘मेरो नेतृत्वको सरकारले एसपीपी सम्झौताको निर्णय गरेको छैन’: अध्यक्ष ओली 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकारको पालामा एसपीपीसम्बन्धी सम्झौता नभएको स्पष्ट पारेका छन् । 

प्रतिनिधिसभाको सोमबारको बैठकमा सम्बोधन गर्दै ओलीले आफ्नो पालामा एसपीपी सम्झौता भएको भन्ने भ्रम भैलाइएको भन्दै प्रमाण पेश गर्न चुनौतीसमेत दिए । 

‘म प्रधानमन्त्री भएपछि एसपीपी सम्झौताका लागि पत्र पठाइएको भनिएको छ । मेरो नेतृत्वको सरकारले निर्णय गरेको छैन, अध्यक्ष ओलीले भने ।’

तत्कालीन प्रधानमन्त्री तथा रक्षामन्त्रीका रुपमा एसपीपीका सम्बन्धमा गरेको गरेको निर्णय वा निर्देशन प्रमाण संसदमा पेस गर्न उनले चुनौती दिए ।

मुख्य समाचार