राजस्व नबुझाएको भन्दै मकवानपुरगढीमा संचालित क्रसर उद्योगमा तालाबन्दी

२६ असार,मक्रान्चुली- पुर्व सहमति भए अनुसार राजस्व समयमानै नबुझाएको भन्दै मकवानपुरगढी गाउँपालिकाले वडा नम्बर ५ र ६ का क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्रमा ताला लगाएको छ ।

गाउँपालिकाले प्रहरी परिचालन गरी तीन क्रसर उद्योग र दुई बालुवा प्रशोधन केन्द्रमा शनिबार ताला लगाएको हो ।

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले नदिजन्य पदार्थको राजश्व दाखिला नगर्ने ५ वटा क्रसर उद्योगमा तालाबन्दी गरेको छ । लामो समयदेखि ताकेता गर्दा पनि वेवास्ता गरेपछि गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपालीको नेतृत्वमा वडा अध्यक्षसहितको समूहले क्रसर उद्योगमा तालाबन्दी गरेको हो ।

गाउँपालिकाका अनुसार राजस्व नबुझाउने मकवानपुरगढी गाउँपालिका वडा नं.२,५ र ६ मा सञ्चालनमा रहेको पाँच वटा क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र रहेका छन् । उनीहरुले गतबर्षको सहित करिब डेढ करोडको हाराहारीमा गाउँपालिकालाई राजस्व बुझाउनु बाँकी रहेको योजना शाखाका प्रमुख प्रकाश न्यौपानेले बताउनुभयो ।

उक्त क्रसर तथा बालुवा प्ल्यान्ट ब्यवसायीहरुले गतबर्षकै नदिजन्य पदार्थ उत्खनन् गरेको करिब एक करोड राजस्व बुझाउन बाँकी थियो । बाँकी रहेको राजस्व असार १५ गते बुझाउने गरी गाउँपालिका र क्रसर ब्यवसायीबिच सहमती भएको थियो । त्यसपछि गाउँपालिकाले क्रसरलाई ग्राभेल उत्खनन् गर्न समेत दिएको थियो ।

पालिकालाई बुझाउनुपर्ने राजस्व समयमा नबुझाएपछि पालिकाका उपाध्यक्ष मानकुमारी पाख्रीन, वडा अध्यक्ष, इलाका प्रहरी कार्यालय मकवानपुरगढीका प्रहरी सहितको टोलीले क्रसर उद्योग र बालुवा प्ल्यान्टमा ताला लगाएको हो ।उद्योगले सहमति भएको हप्ता दिन वित्दा समेत राजस्व दाखिला नगरेपछि ताला लगाउन बाध्य भएको उपाध्यक्ष पाख्रीनले बताउनु भएको छ । राजस्व दाखिला गरेमात्रै उद्योग सञ्चालन गर्न दिने उहाँको भनाइ छ ।

अर्थ मुख्य समाचार स्थानीय