जापानका पूर्वप्रधानमन्त्रीको निधनमा नेपालमा आज राष्ट्रिय शोक

काठमाडौं : सरकारले जापानका पूर्वप्रधानमन्त्री सिञ्जो आबेको हत्या भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। 

सरकारले उनको परिवार, जापान सरकार र जापानी जनाताप्रति गहिरो दुःख व्यक्त गर्दै आबेप्रति श्रद्धाञ्जली अर्पण गरेको हो। 

शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले आबेको निधनमा शनिबार राष्ट्रिय शोक मनाउने निर्णय समेत गरेको छ।

मुख्य समाचार