नेपालमा आज १२१ जनामा कोरोना संक्रमण

हेटौंडा । नेपालमा पछिल्लो दिनहरुमा कोरोना संक्रमण बढेको छ । पछिल्लो २४ घण्टामा पनि थप १२१ जनामा संक्रमण पुष्टि भएको छ ।

३ हजार ४५ जनामा गरिएको परीक्षणमा थप १२१ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरि,आईतबार ३१ जनाले कोरोना जितेका छन् । शनिबार देशभर १०२ जनामा पुष्टि भएको थियो । हाल नेपालमा ६ सय ७८ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।

मुख्य समाचार