हेटौंडा-९ को टोल विकास वडा समन्वय समितिमा गठबन्धनलाई हराउँदै एमालेका उम्मेदवार विजयी

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा टोल विकास संस्थाको चुनावमा गठबन्धनका उम्मेदवारलाई हराउँदै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । टोल विकास संस्था ९ नम्बर वडा समन्वय समितिको शनिबार सम्पन्न तेस्रो अधिवेशबाट अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्षसहित ११ सदस्य टोल विकास समिति वडा समन्वय समितिमा ८ वटामा एमालेका उम्मेदवार वीजयी भएका हुन् ।

अध्यक्षमा नेकपा एमालेकी उम्मेदवार रमिला सापकोटा विजयी भएकी हुन् । कुल ८३ मत मध्ये ८१ मत खसेकोमा सापकोटाले ४० मत प्राप्त गर्दै विजयी भईन् । भने, गठबन्धनका उम्मेदवार कपिल अर्यालले ३५ र स्वतन्त्र उम्मेदवार मेनुका पराजुलीले ६ मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा एमालेकै नारायण प्रसाद खतिवडा ४४ मतका साथ वियजी हुँदा गठबन्धनका उम्मेदवार लक्ष्मी धमलाले २७ र रामजी आचार्यले ८ मत प्राप्त गरे ।

यस्तै सचिवमा एमालेका उम्मेदवार ईन्दिरा काफ्ले पौडेलले ४१ मतका साथ विजयी हुँदा गठबन्धनका भक्त बहादुर बुढाथोकी ३६ मत मात्र गर्दै पराजित भए । कोषाध्यक्षमा भने एमालेका राम बहादुर थापा मगर र गठबन्धनका चन्द्रिका बाँनियाको बराबर मत आएको थियो । जसमा गोला प्रथाबाट एमालेका थापा विजयी भएको भएको टोल विकास संस्था ९ नम्बर वडा समन्वय समितिका निवर्तमान अध्यक्ष यदुवंश खतिवडाले जानकारी दिए ।

त्यस्तै सात जना सदस्यमा ४ जना एमालेका र ३ जना गठबन्धनका उम्मेदवार विजयी हुनु भएकोे उनले बताए । सदस्यहरुमा कुल १८ जनाले उम्मेदवारी दिएकोमा एमालेका दिपक न्यौपाने र सानु खड्का कार्किले समान (४३) मत, दिव्यराज निरौला (३६) र ज्ञानु जोशी ३५ मत प्राप्त गर्दै विजयी भए । भने, गठबन्धनबाट क्रमश शोभना बाँनीया (३९), कृष्ण प्रसाद दाहाल (३६) र अस्मिता अर्याल कोइराला (३२) मत प्राप्त गर्दै विजय भएको उनले बताए । टोल विकास समिति वडा समन्वय समितिमा निर्वाचित पदाधिकारीसहित सदस्यलाई आज एक कार्यक्रमका बिच एमाले ९ नम्बर वडा कमिटीले बधाई तथा शुभकामना दिएको छ ।-khabar break

मुख्य समाचार