अनेरास्ववियु हेटौंडा क्याम्पस कमिटीको अध्यक्षमा अभि मैनाली निर्वाचित

 

हेटौंडा / अनेरास्ववियु हेटौंडा क्याम्पस कमिटीको अध्यक्षमा अभि मैनाली सर्वसम्मत निर्वाचित भएका छन ।
अनेरास्ववियु हेटौंडा कमिटीको आज आइतबार सम्पन्न १६ औं क्याम्पस सम्मेलनबाट मैनालीको नेतृत्वमा २७ सदस्यीय क्याम्पस कमिटी निर्वाचित गरेको हो ।

कमिटीको उपाध्यक्षमा बिष्णुहरि मिश्र, सचिवमा सौगात अधिकारी, सहसचिवहरुमा जुनु लामा र सर्मिला भट्टराई र कोषाध्यक्षमा रन्जिता दुलाल निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा प्रतिक्षा कार्की, करुणा दंगाल, गंगा मैनाली, नविन सिलवाल, गणेश तिमल्सिना, रन्जिता फुँयाल, ईशा आचार्य, जयनी श्रेष्ठ, सीमा सुनार, अविना थापा, अनुपा कट्टेल, उज्ज्वल पौडेल, समिरा परियार, सतिश राउत, सुमित महत, गीता अन्जली, लक्षु चौलागाइँ, सिता बस्नेत, भगवती तिमल्सिना र प्रतिमा ढुंगाना रहेका छन् ।

अनेरास्ववियु हेटौंडा क्याम्पस कमिटीको संयोजक अभि मैनालीको सभाध्यक्ष तथा अनेरास्ववियु केन्द्रिय उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज उमेश आचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा नेकपा एमाले मकवानपुर सचिब नवीन सिग्देल, उपसचिव सीता बिष्ट, जिल्ला सचिवालय सदस्य एवं विद्यार्थी इन्चार्ज ईश्वर ढुंगाना, नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा विद्यार्थी सह-इन्चार्ज शिबहरि दाहाल र सन्तोष पौडेल लगायतकाले मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

सम्मेलम कै अबसरमा अनेरास्ववियुको क्याम्पस कमिटीका १५ जना पूर्वअध्यक्षहरु र निजगढ नगरपालिकाका उपमेयर सोममाया थिङलाई सम्मान गरिएको नब निर्वाचित अध्यक्ष मैनालीले जानकारी दिए ।

मुख्य समाचार राजनीति समाचार स्थानीय