गठबन्धनलाई हराउँदै टोल विकास संस्था वडा समन्वय समितिमा एमालेका उम्मेदवार विजयी

 

हेटौंडा / टोल विकास संस्था वडा समन्वय समिती
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा चुनावमा गठबन्धनका उम्मेदवारलाई हराउँदै नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन् ।
वडा वडा समन्वय समितिको शनिबार सम्पन्न तेस्रो अधिवेशबाट अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्षसहित ११ सदस्य टोल विकास समिति वडा समन्वय समितिमा ८ वटामा एमालेका उम्मेदवार बिजयी भएका हुन् ।

नेपाली काङ्ग्रेस, माओवादी केन्द्र र नेकपा एस समर्थित गठबन्धनका उम्मेदवारलाई हराउदै अध्यक्षमा नेकपा एमालेकी उम्मेदवार रमिला सापकोटा विजयी हुनुभएको हो । कुल ८३ मत मध्ये ८१ मत खसेकोमा सापकोटाले ४० मत प्राप्त गर्दै विजयी हुनुभयो । गठबन्धनका उम्मेदवार कपिल अर्यालले ३५ र स्वतन्त्र उम्मेदवार मेनुका पराजुलीले ६ मत प्राप्त गर्नुभयो ।

यस्तै उपाध्यक्षमा एमालेकै नारायण प्रसाद खतिवडा ४४ मतका साथ वियजी हुँदा गठबन्धनका उम्मेदवार लक्ष्मी धमलाले २७ र रामजी आचार्यले ८ मत प्राप्त गर्नुभयो । यस्तै सचिवमा एमालेका उम्मेदवार ईन्दिरा काफ्ले पौडेलले ४१ मतका साथ विजयी हुँदा गठबन्धनका भक्त बहादुर बुढाथोकी ३६ मत मात्र गदै पराजित हुनुभयो । कोषाध्यक्षमा भने एमालेका राम बहादुर थापा मगर र गठबन्धनका चन्द्रिका बाँनियाको बराबर मत आएको थियो । जसमा गोला प्रथाबाट एमालेका थापा विजयी हुनु भएको थियो ।

त्यस्तै सात जना सदस्यमा ४ जना एमालेका र ३ जना गठबन्धनका उम्मेदवार विजयी हुनु भएकोे छ । सदस्यहरुमा कुल १८ जनाले उम्मेदवारी दिनु भएकोमा एमालेका दिपक न्यौपाने र सानु खड्का कार्किले समान (४३) मत, दिव्यराज निरौला (३६) र ज्ञानु जोशी ३५ मत प्राप्त गर्दै विजयी हुनुभयो । भने, गठबन्धनबाट क्रमश शोभना बाँनीया (३९), कृष्ण प्रसाद दाहाल (३६) र अस्मिता अर्याल काेइराला (३२) मत प्राप्त गर्दै विजय हुनुभएको थियो ।

मुख्य समाचार राजनीति समाचार समाज स्थानीय