नबिल बैंक मकवानपुरगढी शाखा प्रमुखमा महतो,कारोबार २८ गते मंगलबारबाट


२६ असार,मक्रान्चुली- नबिल बैंक र नेपाल बंगलादेश बैंक समायोजन भई बनेको नबिल बैंकको मकवानपुरगढी शाखाले यहि असार २८ गते मंगलबार देखि आफ्नो कारोबार शुरु गर्न लागेको छ । बैंकको शाखा प्रमुखका रुपमा आउनु भएका पुष्पराज महतोले बैंकको कारोबार २८ गते मंगलबारबाट हुने जानकारी दिनु भयो ।

महतोले यस अघि काभ्रे जिल्लाको भुम्लु गाउँपालिका सल्लेमा रहेको नेपाल बंगलादेश बैंकको शाखा प्रमुख भई काम गर्नु भएको थियो । उहाँ नवलपुर जिल्लाको गैंडाकोटका स्थाई बासिन्दा हुनुहुन्छ । यस अघि यहाँ रहेको नेपाल बंगलादेश बैंकको शाखा प्रमुखका रुपमा बद्रीबिक्रम थापा रहनुभएको थियो भने बैंकको समायोजन पश्चात् उहाँले सेवाबाट अवकाश लिनुभएको छ । यसैगरी बैंकको अपरेसन इन्चार्जका रुपमा काम गर्दै आउनुभएका विकास लामिछानेको पर्वत जिल्लाको कुष्मा शाखामा सरुवा भएको छ भने यहाँ सोही पदमा हेटौंडा निवासी सुमन आचार्य आउनुभएको छ ।

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३,मक्रान्चुलीमा रहेको बैंकको शाखाले गत २३ गते बिहिवारसम्म नेपाल बंगलादेश बैंकको नामबाट नै कारोबार गरि २४ गते शुक्रबार देखि कारोबार बन्द गरेको थियो ।

अर्थ बागमती प्रदेश मुख्य समाचार स्थानीय