सामाजिक सुरक्षा भत्ता व्यवस्थापन सम्वन्धी सार्बजनिक सुनुवाइ 

हेटौंडा । हेटौंडा उपमहानगरपालिका र राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण विभागको आयोजनामा हेटौंडामा सामाजिक सुरक्षा वितरण कार्यक्रमको प्रभावकारितामा सरकार र नागरिकको भूमिका विषयक प्रदेश स्तरिय सार्वजनिक सुनुवाइ र्काक्रम भएको हो ।

बिभागले बिभीन्न प्रदेश र जिल्लाको कार्यक्रम पछी आज हेटौंडामा राष्ट्रिय परिचयपत्र व्यवस्थापन, व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा भत्ता व्यवस्थापन सम्वन्धी सार्बजनिक सुनुवाइ कार्यक्रम गरिएको हो । कार्यक्रममा हेटौंडाका बिभीन्न वडाका वडाअध्यक्षहरु, वडा सचिबहरु, नागरिक समाजका प्रतिनिधीहरु, संचारकर्मीहरु लगायतकाले कानून र व्यवहारमा परेका अप्ठ्याराहरुका विषयमा जिज्ञासा राखेका थिए ।


कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले नागरिकलाई पर्ने हरेक काममा सहजीकरण गरेर काम गर्न आग्रह गर्नुभयो । अव सरकारले सामाजिक सुरक्षा लिन्न भन्नेहरुलाई सरकारले सम्मान गर्नुपर्ने बेला आएको बताउनुभयो । पहिले जनप्रतिनिधीमा चुनाब लड्दा घरमै भत्ता ल्याइदिउँला भनेर प्रतिबद्धता गरेजस्तो अहिले व्यवहारमा कार्यन्वयन गर्न समस्या भएको घलानले बताउनुभयो । भत्ता वितरण गर्दा अझै पनि पारदर्सी रुपमा वितरण गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाले यस्ता कार्यक्रमको धेरै प्रभावकारीता रहेको बताउँदै उहाँले भन्नुभयो–‘स्थानीय तहमा हामिले पनि यो कार्यक्रम गरेका छौं अहिले पनि यो कार्यक्रम गर्दा निकै प्रभावकारी पनि भयो । फेरी पनि यस्ता कार्यक्रममा जोड दिऔं ।’ नियम र कानुनलाई हेरेर मात्र सेवा दिनका लागि आग्रह गर्दै उहाँले नागरिकका सेवालाई प्राथमिकता दिएर काम गर्न‘पर्ने बताउनुभयो ।

‘कार्यक्रममा राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण विभागका महानिर्देशक तिर्थराज भट्टराइले चालु आर्थिक वर्षमा सरकारले ३५ लाख नागरिकलाई वैदेशिक ऋण समेत लिएर एक खर्ब रुपैयाँ भत्तामा मात्र बितरण गरेको जानकारी गराउनुभयो । सामाजिक सुरक्षा भत्ता नलिनेलाई स्थानीय र संघीय सरकारले सम्मान गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देब पाण्डेले नागरिकता र घटना दर्ताका विषयमा परेका समस्याका विषयमा आपसी छलफल गरेर टुङ्गो लगाउन सकिने बताउनुभयो । कार्यक्रममा उपमहागरपालिकाका उपमेयर राजेश बानियाँले नागरिकताका विषयमा राम्रो संग बुझाइको कमी हुँदा आफु वडा अध्यक्ष भएको समयमा सिफारिस गरेकै कारण आफुलाई थुन्नका लागि सिडिओले प्रहरी पठाएको बताउनुभयो ।

कार्यक्रममा कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाई, वडा अध्यक्षहरु सविन न्यौपाने, सुकराम केसी, धन बहादुर थापा, फुर्वा दोर्जे लामा, शुशिल घिमिरे, सुनिल मोक्तान, बिष्णु गोपाल महर्जन, जुना दाहाल, नागरिक समाजका तर्फबाट केदार प्रसाद न्यौपाने, टिका भक्त उप्रेती लगायतकाले सार्वजनिक सुनुवाइमा आफ्ना समस्या राख्नु भएको थियो ।-janapatra

मुख्य समाचार