१३३ कानुन व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि

काठमाडौं : सर्वोच्च अदालतले १ सय ३३ जना कानुन व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरेको छ। 

बुधबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले उनीहरुलाई नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० को दफा २१ बमोजिम वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय गरेको हो। 

वरिष्ठ अधिवक्ताको उपाधि पाउनेमा एमाले सांसद कृष्णभक्त पोखरेल, संविधानविद् टिकाराम भट्टराईलगायत रहेका छन्। 

मुख्य समाचार