भारतबाट ल्याइँदै गरेको १०० बोरा मल बरामद, प्रहरीले भन्सारलाई बुझायो

कञ्चनपुर : पुनर्वास नगरपालिका–१० स्थित दोधा पुलबाट प्रहरीले भन्सार छली ल्याएका ५० क्विन्टल (१०० बोरा) मल बरामद गरेको छ । 

बिहीबार इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्ल नेतृत्वको टोलीले भन्सार छली ल्याएको मल बरामद गरेको हो । 

भारतबाट ल्याएको मल कृष्णपुरतर्फ गइरहेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ।  

एक लाख ५० हजार मूल्य बराबरको मल कारवाहीको लागि त्रिनगर भन्सार कार्यालय कैलालीलाई बुझाएको प्रहरीले जनाएको छ।

मुख्य समाचार