खानेपानी डिभिजन हेटौंडामा बदमासी, ठेक्का मार्फत गर्नुपर्ने ४ करोडको काम उपभोक्ता समिति मार्फत 


हेटौंडा ।
 खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय हेटौंडाले कमिसनको खेलमा लागेर नियम विपरित काम गरेको पाइएको छ । बितेको आर्थिक वर्षमा ठेकेदार मार्फत सूचना प्रकासीत गरेर मात्र गर्नुपर्ने काम उपभोक्ता समिति मार्फत गरिएको पाइएको हो ।

ठेक्का मार्फत गर्नुपर्ने करिब ४ करोडको काम उपभोक्ता समिति मार्फत टुक्रा पारेर गरिएको हो । मकवानपुरको राक्सिराङ खानेपानी आयोजनालाई ७ स्कीममा बिभाजन गरेर ३ करोड ८७ लाख ५० हजार रुपैयाँको काम उपभोक्ता समिति मार्फत गराइएको महालेखा परिक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी खानेपानी डिभिजन मकवानपुरलेनै एक करोड २२ लाख २६ हजार रुपैयाँमा आपखोला खानेपानी उपभोक्ता समिति मार्फत दुइ वटा रनिङ बिलबाट ओभरहेड घटाएर ९६ लाख ६५ हजार भुक्तानी गरेको छ । सरकारी नियम विपरित उपभोक्ता समिति मार्फत काम गरेर रकम भुक्तानी गर्नु नियम संगत नभएको महालेखा परिक्षकको कार्यालयले जनाएको छ ।

यसैगरी खानेपानी नीति २०७१ को दफा ९ दशमब १३ मा आधारभतू सेवास्तरको नीति तथा सरसफाइ आयोजना निर्माण गर्दा खर्चको दश देखि २० प्रतिशत उपभोक्ता सममितिबाट गर्नुपर्ने उल्लेख छ । २० प्रतिशत उपभोक्ता समितिले बेहोर्ने भनेर लागत अनुमान स्वीकृत गरिएपनि त्यस अनुसार काम नभएकोमा महालेखाले प्रश्न उठाएको छ । खानेपानी डिभिजन कार्यालय हेटौंडाले १३ वटा योजनाको ५ करोड ३५ लाख ४९ हजार रुपैयाँ लागत सहभागिता बिनानै रकम भुक्तानी गरेकोमा प्रश्न उठाएको छ ।

यसैगरी खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रामेछापले एक करोड रुपैयाँ भन्दा माथीका ७ वटा योजना निर्माणका लागि उपभोक्क्रा समिति मार्फत संझौता गरेर ८ करोड ३५ लाख ६९ हजार रुपैयाँ भुक्तानी गरेको छ । टेण्डर मार्फत घटाघरमा काम गर्नका लागि दिनुको सट्टा कमिसनको आधारमा उपभोक्ता समिति मार्फत काम गराइएको हो ।

यसैगरी शहरी विकास तथा भवन कार्यालय मकवानपुरले एक उपभोक्ता समिति मार्फत बाटो ढलान गर्ने कामको दुइ वटा प्याकेज बनाएर १ करोड ३० लाख ३३ हजार रुपैयाँको कामको ९१ हजार १३ हजार रुपैयाँ नियम संगत नदेखिएको महालेखा परिक्षकको कार्यालयले जनाएको छ ।

मुख्य समाचार