नयाँ दिल्लीमा आज र भोलि प्रचण्ड, यस्तो छ ‘सेड्युल’

काठमाडौं : भारतको नयाँ दिल्लीमा रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  शनिबार र आइतबार उच्चस्तरीय भेटवार्तामा व्यस्त रहने भएका छन्।

प्रचण्डले शनिबार भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जगतप्रकाश नड्डासँग भेटवार्ता गर्ने कार्यक्रम छ। भेट भाजपा मुख्यालयमा हुनेछ। 

शनिवार नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस जयशंकसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने तय भएको छ।

प्रचण्ड भाजपाले शनिबार गर्ने ‘नेपाल–भारत सम्बन्धका विभिन्न आयाम’ विषयक कार्यक्रममा सहभागी हुँदैछन्। 

मुख्य समाचार