हेटौंडा इजलासले गर्यो एक वर्षमा १ हजार २८४ मुद्दा फछर्यौट

हेटौंडा । उच्च अदालत पाटन हेटौंडा इजलासमा एक वर्षको अवधिमा १ हजार २ सय ८४ मुद्धाको फैसला भएको छ । आज अदालतले पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम गर्दै यसका बारेमा जानकारी दिएको हो । आर्थिक वर्ष २०७८्–०७९का अनुमानित वार्षिक फछर्यौट लक्ष्य १ हजार १९४ रहेकामा फछर्यौट १२ सय ८४ भएको अदालतका रजिष्ट्रार जगदिश प्रसाद भट्टले बताउनुभयो ।

अदालतमा नयाँ दर्ता अनुमान १ हजार १ सय ४९ रहेको र लक्ष्य पुग्न बाकीँ ९० थान रहेको छ । आव २०७६–्०७७मा लगत १० हजार ७२ र फछर्यौट ६६४ रहेको थियो भने बाकीँ ४०८ थान मुद्दा रहेको थियो । त्यस्तै, आव २०७७्–०७८ मा लगत १४ सय ४५ र फछर्यौट ८२६ हुनका साथै ६१९ थान बाकीँ मुद्दा रहेको रजिष्ट्रार भट्टले बताउनुभयो ।
अंग नपुगेका मुद्दाहरु फछर्यौट गर्न नसकिएको बताउदैं गोलाप्रथा माघ २ गतेबाट सुरु गरि कुन मुद्दा कसले हर्ने भन्ने सहज भएर पनि होला हामी लक्ष्यमा पुग्न सफल भएको अदालतका न्यायधिस अब्दुल अजित मुसलमानले बताउनुभयो ।

कार्यक्रममा न्यायधिश मुसलमानले जुनसुकै बेलामा मुद्दाको विषयमा प्रवक्ता सँग जानकारी लिन पत्रकारलाई आग्रह गर्दै अदालतको सबै फैसला सार्वजानिक गर्ने गरेको बताउनुभयो । गोलाप्रथा लागु भएपछि न्यायधिश १० बजे आउने र ११ बजेनै बेन्च बस्ने गर्ने गरेको पाइएको छ । जसकाकारण लक्ष्यभन्दा बढी मुद्दा फैसला गर्न सफल भएको बताउनुभयो । केही स्टेजहोल्डरका कारणले केहि मुद्दाहरु फैसला हुन ढिला हुने गरेको बताउनुभयो । कार्यक्रममा न्यायधिश मेरिना श्रेष्ठ, निर्मला शाक्य, रजिष्ट्रार भट्ट लगायतकाको आतिथ्यता रहेको थियो ।

मुख्य समाचार