अनेरास्ववियु मकवानपुरको २७ औं जिल्ला सम्मेलन साउन २० गते हुने

 

हेटौंडा / अनेरास्ववियु मकवानपुरको जिल्ला सम्मेलन यहि साउन २० र २१ गते हुने भएको छ ।

अनेरास्ववियु जिल्ला कमिटी मकवानपुरको बैठकले २७ औं जिल्ला सम्मेलन साउन २० र २१ गते हेटौंडामा गर्ने निर्णय गरेको हो ।
बैठकले जिल्ला सम्मेलन भब्यतापुर्वक सम्पन्न गर्नको प्रतिनिधि ब्यबस्थापन, हलमन्च ब्यबस्थापन, आर्थिक ब्यबस्थापन, स्वंयमसेवक परिचालन, यातयात तथा अतिथि ब्यबस्थापन लगायतका उपसमितीहरु गठन गरेको छ ।

त्यस्तै सम्मेलन गर्न बाकी स्थानीय पालिका कमिटी तथा शैक्षिक संस्थाहरुले साउनको दोश्रो हप्ता सम्ममा सम्मेलन गर्ने र यसका लागि जिल्ला कमिटीका नेताहरुलाइ जिम्मेवारी दिइएको अनेरास्ववियु मकवानपुरका अध्यक्ष बिशाल पौडेलले जानकारी दिनुभयो ।
अध्यक्ष पौडेलले सम्मेलनको तयारी र सांगठनिक सुदृढीकरणका लागि साउनको १४ गते जिल्ला स्तरिय बिस्तारित बैठकको आयोजना गर्ने र बैठकमा जिल्ला कमिटीका सबै सदस्य, पालिका कमिटी तथा क्यापस कमिटिहरुका पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहने समेत जानकारी दिनुभयो ।

मुख्य समाचार राजनीति समाचार स्थानीय