‘प्रदेश १ को नामकरण प्रक्रिया साउन १५ देखि’

विराटनगर :  प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण प्रक्रिया साउन १५ गते सुरु हुने बताएका छन्।

साउन ८ गतेबाट प्रदेश सभा बैठक सुरु भई त्यसको एक हप्तापछि नामकरणको प्रक्रिया सुरु हुने सम्भावना रहेको उनले बताए।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा सोमबार आयोजित सुरक्षा प्रमुखहरूको बैठकमा मुख्यमन्त्री राईले नामकरणका वेला हुन सक्ने सुरक्षा चुनौतीबारे सजग रहन आग्रह गरे।

प्रदेश नामकरणका लागि प्रदेशसभाका सभामुखले साउन ६ गते बोलाएको सर्वदलीय बैठकमा खाका आउनसक्ने बताए।

मुख्यमन्त्री राईले प्रदेशको नामकरण गर्ने विषय र जिम्मेवारी प्रदेश सभाको भएको उल्लेख गर्दै सरकारले सहजीकरण मात्रै गर्ने बताए ।

मुख्य समाचार