लोकतन्त्र बलियो बनाउन पत्रकारिताले महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रलाई बलियो बनाउन पत्रकारिता क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्न आवश्यक रहेको बताएका छन्।

शुक्रवार हेटौंडामा आयोजित नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आधुनिक प्रविधिको विकाससँगै सञ्चारमाध्यमले आफूलाई निरन्तर परिमार्जन गर्दै जानुपर्ने अवस्था आएको बताए।

उनले नागरिकमा सूचना फैलाउने काम पत्रकारिता क्षेत्रले गरिरहेपछि मिथ्या सूचनाको जोखिम बढी रहेकाले संवेदनशील र उत्तरदायी भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको औंल्याए। प्रधानमन्त्री देउवाले प्रमाणमा आधारित सत्यतथ्य सूचना प्रवाह गरी लोकतन्त्रलाई बलियो बनाउन सञ्चारमाध्यमको आवश्यकता रहेको बताए।

नागरिकलाई सूचना दिने कुरामा प्रमाणमा आधारित सत्यतथ्य सूचना प्रवाह गरी लोकतन्त्रलाई बलियो बनाउन अझ बढी उत्तरदायी भूमिका खेल्नुपर्ने आवश्यक्ता छ। पत्रकारिताको संस्थागत विकास आजको आवश्यकता हो। स्वच्छ पत्रकारिताको प्रवर्धनका निम्ति प्रेस युनियन सक्रिय हुनुपर्छ’‚ प्रधानमन्त्री देउवाले सञ्चारकर्मीहरूले कसैको प्रलोभन, भय र दबाबमा नआई निष्पक्ष ढंगबाट पत्रकारिता गर्न पनि आग्रह गरे।

मुख्य समाचार