नागरिकतामा ७ वर्षे अवधिको प्रावधान किन हटाइयो ? -भीम रावल

काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले प्रमुख राजनीतिक दल र संसदीय समितिमा भएको सहमतिविपरीत नागरिकता विधेयक ल्याएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा कविता पढ्दै नागरिकता विधेयक ल्याउँदा छल गरिएको पनि जनाउँदै अवधि नै नराखेर विधेयक ल्याएको भन्दै आपत्ति जनाएका हुन् ।

नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफावार छलफलमा सहभागी हुँदै छल हो कि छलफल ? भन्ने कविता वाचन गर्दै रावलले नागरिकता विधेयकमा छलफल होइन, छल भएको तर्क गरेका छन् ।

यसअघि सो नागरिकता विधेयकमा ६ वटा संसोधन प्रस्ताव राखेका रावलले कविता वाचन गर्दै, ‘के रोग लाग्यो मेरो देशलाई उपचार छ कि केही ?’ भनि विधेयक समितिमा लैजान माग गरेका छन् ।

मुख्य समाचार