कैलाश १ नम्वर वडा कार्यालयमा एमालेले लगाएको ताला प्रहरीले खोल्यो 

हेटौंडा। कैलाश गाउँपालिका वडा नम्वर १ कार्यालयमा नेकपा एमालेका स्थानीय नेताहरुले बुधबार लगाएको ताला आज प्रहरीले खोलेको छ ।

वडा कार्यालयमा कार्यालय सहयोगीको रुपमा काम गर्दै आएका २ जनाको करार थप नगरिएको भन्दै उनीहरुले ताला लगाएका थिए । वडा कार्यालयबाट हुनेगरेका कार्यसम्पादन प्रभावित भएपछि वडाध्यक्षसहित स्थानीय जनप्रतिनिधिको रोहबरमा डाँडाखर्क प्रहरी चौकीको टोलीले ताला खोलेको थियो ।
वडा कार्यालयले २ जना कार्यालय सहयोगिको कार्यसम्पादन चित्त बुझ्दो नभएको भन्दै साउन १ गतेदेखि लागुहनेगरी उनीहरुको करार नविकरण गरेको थिएन । कार्यालय सहयोगिका रुपमा कार्यरत आस्मान थिङ र राजेन्द्र लामाले कार्यालयको काम नगर्ने, जनप्रतिनिधि तथा वडा सचिवको निर्देशन नमान्ने, उल्टै वादविवादमा उत्रने गरेको वडाध्यक्ष तेजबहादुर ब्लोनले बताए । वडाबासिबाट समेत कार्यालय सहयोगिबाट काम नहुनेगरेको भनि व्यापक गुनासो आउन थालेपछि करार नविकरण नगरिएको उनले बताए । यसअघि कार्यालय सहयोगी आस्मान तामाङलाई गाउँपालिकामा हाजिर हुन पत्राचार समेत गरिएको तर अटेर गरि वडा कार्यालयमैं हाजिर हुनेगरेको वडाध्यक्ष ब्लोनले बताए ।prastakhabar

मुख्य समाचार