एसइई परीक्षा नतिजा आज प्रकाशित,९ हजार ६३३ जनाले ल्याए ४ जिपिए

२०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा ९ हजार ६ सय ३३ जनाले चार जिपिए ल्याएका छन्। राष्ट्रिय परीक्षा बोर्डले चार लाख ९५ हजार ७ सय ५१ परीक्षार्थीले परीक्षा दिएकामध्ये यी संख्याले  ३.६ देखि ४ जिपिए ल्याएको जानकारी दिएको छ। 

बोर्डका अनुसार ३.२ देखि ३.६ जिपिए ल्याउने परीक्षार्थी संख्या ४१ हजार ६ सय २७ रहेको छ। २.८ देखि ३.२ सम्म जिपिए ल्याउने परीक्षार्थी संख्या ६९ हजार ९ सय रहेको छ।

त्यस्तै,२.० देखि २.४ जिपिए एक लाख १२ हजार ७ सय ३३ जनाले ल्याएको बोर्डले जानकारी दिएको छ। २.४ देखि २.८ जिपिए ल्याउनेको संख्या ९० हजार ५ सय ५८ जना रहेको छ।

१.६ देखि २.० जिपिए एक लाख पाँच सय ९४ जनाले ल्याएको बोर्डले सञ्चारकर्मीलाई जानकारी दिएको छ। त्यस्तै, १.२ देखि १.६ जिपिए ४४ हजार पाँच सय ८६ जनाले ल्याएको बोर्डले जनाएको छ।

कम जिपिए अर्थात ०.१.२ ल्याउनेको संख्या ३ हजार २ सय ८० रहेको बोर्डले जनाएको छ। बोर्डले परीक्षा नतिजा आज प्रकाशित गरेको हो।  एसइई परीक्षा गत वैशाख ९ गतेदेखि बोर्डले भौतिक उपस्थितिमै लिएको थियो। यसअघिका दुई वर्ष कोभिड-१९ महामारीका कारण आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित गरिएको थियो।

मुख्य समाचार