बालबालिकामा ज्वरो, अधिकांशमा ‘एडिनो’ भाइरसको संक्रमण

पछिल्लो समय कान्ति बाल अस्पतालमा उपचारको लागि जाने बालबालिकामध्ये धेरैमा एडिनो भाइरसको संक्रमण पुष्टि भएको पाइएको छ।

ज्वरो आएका बालबालिकाहरु धेरै उपचारमा आउने क्रम बढेपछि अस्पतालले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना परीक्षणका लागि पठाएको थियो। परीक्षणका लागि १३ नमुनामध्ये पठाएको थियो। जसमा १२ जनामा एडिनो भाइरसको संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा.युवानिधि बसौलाले बताए।

उनका अनुसार पठाइएको नमूना मध्ये धेरै सबैजसोमा एडिनो भाइरस देखिएपछि उपचारमा आउने धेरै बालबालिकामा यो भाइरस रहेको अनुमान गरिएको छ।

नमुना पठाएकामध्ये एउटामा इन्फ्लुएन्जा ए भाइरस पुष्टि भएको जानकारी दिँदै १२ जनामा भने एडिनो भाइरस देखिएको उनले बताए।कडा ज्वरो आउने,निको नहुने लक्षण देखिएमा एडिनो भाइरसको आशंका गर्न सकिन्छ। ‘धेरै ज्वरोका बिरामी बालबालिका आउन थालेपछि हामीले ओपिडीका स्याम्पल नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएका थियौँ,त्यसमा अधिकांश नमूनामा एडिनो भाइरस भएको पुष्टि भएको हो’उनले भने।

मुख्य समाचार