ग्वार्कोमा ट्याक्सी र मोटरसाइकलमाथि बस पल्टियो, ४ जना घाइते 

लतिलपुरको ग्वार्कोमा बस अनियन्त्रित भएर ट्याक्सी र मोटरसाइकल माथि पल्टिँदा ४ जना घाइते भएका छन् ।

आज  बिहान बी एण्ड बी अस्पताल नजिकै बस अनियन्त्रित भएर ट्याक्सी र मोटरसाइकलमाथि पल्टिँदा चार जना घाइते भएका प्रहरीले जनाएको छ ।  बा ३ ख ४४४० नम्बरको बसले बा २ ज ६०१ नम्बरको ट्याक्सी र बा ५९ प १५७७ नम्बरको मोटरसाइकलाई च्यापेको थियो ।   अहिले  घाइते चारै जना सामान्य उपचारपछि डिस्चार्ज भएसकेका र अवस्था  सामान्य रहेको  सातदोबाटो प्रहरीले जनाएको छ ।

मुख्य समाचार