काठमाण्डौको फोहोर भोलिदेखि उठ्ने, पायक पर्ने ठाउँमा लगेर राख्न महानगरको अनुरोध 

केही दिनदेखि रोकिएको फोहोर काठमाण्डौ महानगरपालिकाले भोलिदेखि उठाउने भएको छ । महानगरपालिकाले आज एक सूचना निकालेर भोली बिहान ६ बजेदेखि फोहोर उठाउन सुरु गरिने भएकाले पायक पर्ने ठाउँमा फोहोर संकलन गरेर राख्न नागरिकलाई अनुरोध गरेको छ ।

बञ्चरेडाँडासम्म फोहोर लैजाने  सडक निर्माणको काम आजसम्ममा सकिने भएकाले भोलिदेखि फोहोर उठाउन सुरु गरिने महानगरपालिकाले जनाएको छ । केही दिन अघि महानगरले एक हप्तासम्म फोहोर नउठ्ने जानकारी गराएको थियो । आफ्नो घरभित्र फोहोरको अल्पकालीन व्यवस्थापन गरी चोक, सडक र गल्लीलाई फोहोर हुन रोकेर सफा र स्वच्छ राखेकामा महानगरबासीलाई काठमाण्डौ महानगरले धन्यवादसमेत दिएको छ  । आउँदा दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरिएको महानगरपालिकाले जनाएको छ ।

मुख्य समाचार