मकवानपुरमा भरुवा बन्दुक सहित एकजना पक्राउ 

हेटौंडा। मकवानपुरमा भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन्।ईलाका प्रहरी कार्यालय पालुङ मकवानपुरले भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धादिङ गजुरी ८ स्थाइ घर भै हाल थाहा नगरपालिका वडा न ३ गाउँ खोरिया बस्दा आएका  ३४ बर्षीय सुवास भनिने इन्द्र बहादुर तामाङ्ग रहेको ईलाका प्रहरी कार्यालयका प्रमुख दुर्गा खनालले बताएका छन्। बिशेष सूचनाको आधारमा उनलाई मंगलबार राती एक थान भरुवा बन्दुक सहित पालुङ प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका तामाङलाई हात हतियार तथा खर खजना कसुर अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।

मुख्य समाचार