मकवानपुरमा भरुवा बन्दुक सहित एक जना पक्राउ

हेटौंडा । मकवानपुरको थाहा नगरपालिकामा भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा धादिङको गजुरी-८ घर भएका थाहा-३ गाउँ खोरिया बस्ने ३४ वर्षीय सुवास भनिने इन्द्र बहादुर तामाङ रहेको ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख दुर्गा खनालले जानकारी दिए । उनका अनुसार प्रहरीलाई आएको विशेष सूचना अनुसार साउन १० गते राति तामाङ बस्ने डेरामा खोज तलासी गर्दा भरुवा बन्दुक फेला परेको हो ।

उनले तामाङविरुद्ध हात हतियार तथा खर खजनाको मुद्दा चलाउन म्याद थप गरेर आवश्यक अनुसन्धान भईरहेको बताए ।

मुख्य समाचार