कुनै हालतमा हालतमा एमालेसँग चुनावी गठबन्धन हुँदैनः प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा कुनै हालतमा हालतमा एमालेसँग चुनावी गठबन्धन नहुने बताएका छन्  । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको स्थायी समितिको बैठकमा उनले  यस्ताे बताएका हुन् ।  उनले  वर्तमान सत्ता गठबन्धन आगामी निर्वाचनसम्म जाने बताउँदै गठबन्धनको विकल्प खोज्ने पक्षमा उभिन नहुने बताएका छन् । उनले बरु गठबन्धनभित्रै सामाजवादी केन्द्र वा उपगठबन्धन बन्न सक्ने बताएका छन् । विगतमा गरिएका गल्ती तथा कमजोरी स्वीकार नगरेको तथा कुनै पनि आत्मआलोचना नगरेका कारण एमालेसँग गठबन्धन हुने ‘च्याप्टर क्लोज’ भएको अध्यक्ष दाहालको भनाइ छ । बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टीको सांगठनिक जीवन एवं अवस्थालगायतका विषयमा छलफल भएको थियो । बैठकमा अध्यक्ष दाहालले संविधानको रक्षा, शान्ति संविधानको संवर्द्धनका लागि स्थापना भएको गठबन्धनलाई बलियो बनाउने विषय नै यतिखेरको प्रमुख आवश्यक विषय भएको बताएका थिए । 

मुख्य समाचार