हेटौंडामा सरकार विरुद्ध प्रदर्शन,नागरिकता विधेयकको चर्को विरोध

१४ साउन,मक्रान्चुली- बागमती प्रदेशको राजधानी हेटौंडामा सरकार विरुद्ध राँके जुलुस सहित विरोध प्रदर्शन भएको छ । प्रदर्शनमा सरकारले ल्याएको नागरिकता विधेयकको चर्को विरोध गरिएको छ ।

नागरिकता विधेयकको विरोधमा राप्रपा मकवानपुरले राँके जुलुससहित प्रदर्शन गर्दै प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डको पुत्ला दहन समेत गरेको छ ।

शुक्रवार साँझ राप्रपाले नागरिकता विधेयक,भ्रष्टाचार र अन्य समसामयिक विषयमा विरोध प्रदर्शन गरेको हो । उनीहरूले राष्ट्रघाती नागरिक अध्यादेश र संघीयता खारेज गर्न माग समेत गरेका छन् ।

प्रदर्शनमा राप्रपाका नेता,कार्यकर्ता लगायत सयौंको संख्यामा सर्वसाधारणको समेत उपस्थिति रहेको थियो ।

बागमती प्रदेश मुख्य समाचार राजनीति