आज मानव बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय दिवस

मानव बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइँदैछ। संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१३ देखि  हरेक वर्षको जुलाई ३० मा यो दिवस मनाउन सुरु गरिएको हो। 

दिवसको अवसरमा विश्वभर मानव बेचबिखनविरुद्ध जनचेतचना जगाउने र बेचविखनमा परेका व्यक्तिको मानवअधिकार संरक्षण गर्ने कार्यलाई प्रचारप्रसार तथा प्रतिवद्धता व्यक्त गरिन्छ। 

संयुक्त राष्ट्रसंघको एक प्रतिवेदन अनुसार बेचबिखनमा परेकाको यकिन संख्या तोक्न कठिन भए पनि यीमध्ये २८ प्रतिशत बालबालिका छन्। ७० प्रतिशतभन्दा धेरै महिला बेचबिखनको शिकार हुन्छन्। दक्षिण एसियामा बेचबिखनमा पर्नेमा ४० प्रतिशत बालबालिका रहेको तथ्यांक छ। 

संयुक्त राष्ट्र संघका प्रमुख एन्टिनियो गुटेरेसले मानवको तस्करीलाई एक भयावह अपराधको संज्ञा दिँदै मानिसको अधिकार, सुरक्षा र गरिमामा चौतर्फीरूपमा आक्रमण भइरहेको बताएका छन्। 

उनले  विशेष रुपमा महिला तथा बालिकाहरुमाथि यस्ता अपराध बढिरहेको भन्दै यो निकै दुःखद रहेको बताएका छन्। संयुक्त राष्ट्र संघको ड्रग्स तथा अपराध निरोधक कार्यालयले प्रविधिको दुरुपयोग गरी यस्ता घटना बढाएको बताएको छ ।

मुख्य समाचार