प्रदेश -१ का मुख्यमन्त्री राईसहित तीनजनामा कोरोना संक्रमण

विराटनगर : प्रदेश-१ का  मुख्यमन्त्री राजेन्द्रकुमार राई कोभिड संक्रमित भएका छन्। कोभिड संक्रमणका कारण  मुख्यमन्त्री राईसँगको  भेटघाट लगायत सबै कार्यक्रम हाललाई स्थगित गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

मुख्यमन्त्री राईसहित उनका परिवारका सदस्यहरू, सचिवालयका सदस्यहरू, निवासका सुरक्षाकर्मी, कर्मचारीहरूलगायत १६ जनाको सोमबार  पीसीआर परीक्षण गर्दा मुख्यमन्त्रीसहित तीन जनामा कोभिड संक्रमण देखिएको हो।

पीसीआर परीक्षण गर्दा  मुख्यमन्त्री राई की पत्नी शोभा पाठक र उनका राजनीतिक सल्लाहकार जीवन राईसहित तीन जनामा कोभिड पोजेटिभ देखिएको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिए। उनका अनुसार  मुख्यमन्त्रीसहित तीनै जनाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ।  

मुख्य समाचार