वायु सेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त

सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । अधिकारीका विषयमा परेको मुद्धाका विषयमा छानविन समितिको प्रतिवेदनले दिएको रिपोर्ट अनुसार उनलाई आज बसेको मन्त्रिपरिषद बैठकले हटाएको हो । यसअघि सरकारले छानबिन समिति गठनसँगै निलम्बनमा परेका अधिकारी सर्बोच्च अदालतको अन्तरिम आदेश लिएर काममा फर्किएका थिए । उनी निलम्बनमा परेपछि सरकारले निगमकै पाइलट दिपु जुहारचनलाई अस्थायी महाप्रबन्धक नियुक्त गरेको थियो । निगममा पछिल्लो ३ वर्षमा ४ जना कार्यकारी अध्यक्ष फेरिईसकेका छन् । संस्थाको प्रमुख व्यक्ति नै पटक पटक फेरिरहने अवस्थाले निगम झन धराशायी भएको त्याहाँ कार्यरत कर्मचारीहरुको ठहर ।  उनीहरुले संस्था बुझेको र विगतमा काम गरेर प्रमाणित गरेको आधारमा सुगतरत्न कंसाकारलाई नै जिम्मेवारी दिनुपर्ने माग गरेका छन् । निगममा कार्यरत सवै पार्टी निकटका कर्मचारीहरुले यस विषयमा राजनीतिक दलका नेताहरुको समेत ध्यानाकर्षण गराईसकेका छन् ।  निवर्तमान पर्यटन मन्त्री प्रेम आलेसँगको विवादका कारण अधिकारीले पद गुमाउनु परेको हो ।  

मुख्य समाचार