प्रदेशका आर्थिक मामिलामन्त्री जम्कट्टेलसंग मकवानपुरगढीका जनप्रतिनिधिको भेटघाट


१९ साउन,मक्रान्चुली- बागमती प्रदेशका आर्थिक मामिला मन्त्री शालिकराम जमकट्टेलसङ्ग मकवानपुरगढीका जनप्रतिनिधिहरुले बिहिवार भेटघाट गरेका छन् ।

गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान सहित जनप्रतिनिधिको टोलीले मन्त्री जमकट्टेलसँग भेटघाट र छलफल गरेको हो ।भेटमा पिप्ले-मक्रान्चुली-शिखरकटेरी सडक निर्माणको लागि बजेट माग गरिएको भेटमा सहभागी गाउँपालिकाका उपाध्यक्ष मानकुमारी पाख्रीन (नेपाली) ले बताउनुभयो ।

भेटघाटमा मकवानपुरगढीमा अन्य छुट भएका योजनाहरुका विषयमा समेत छलफल भएको थियो । सो विषयमा आर्थिक मामिला मन्त्री जमकट्टेलले सकारात्मक पहल गरिने प्रतिबद्धता जनाउनुभएको बताइएको छ।

भेटघाटमा वडा नम्बर २ का वडा अध्यक्ष बखान सिंह पाख्रीन, वडा नम्बर ६ का वडा अध्यक्ष कृष्ण बजगाँई र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी सहितको सहभागिता रहेको थियो ।

अर्थ बागमती प्रदेश मुख्य समाचार