हेटौंडाका बिरामीलाई उपमहानगरपालिकाले निःशुल्क रगत उपलब्ध गराउने 

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले नगर क्षेत्रका बिरामीका लागि निःशुल्क रगत उपलब्ध गराउने भएको छ । मकवानपुर जिल्ला रेडक्रस सोसाइटीसंगको सहकार्यमा उपमहानगरले बिरामीका लागि निःशुल्क रगत उपलब्ध गराउने भएको हो ।
नगर क्षेत्रभित्रका बिरामीका लागी निशुल्क रगत उपलब्ध गराउँने विषयमा बिहीबार उपमहानगरपालिका र रेडक्रस सोसाइटीबीच सम्झौता समेत भएको छ । सम्झौतामा उपमहानगरको तर्फबाट मेयर लामा र रेडक्रसको तर्फबाट मन्त्री खेमराज सापकोटाले हस्ताक्षर गरेका छन् ।
मान्यता प्राप्त अस्पतालमा उपचार गराउने  हेटौंडाका बिरामीका लागि चिकित्सको सिफारिसका आधारमा आवश्यक रगत रेडक्रसको ब्लड बैंक हेटौंडाले निशुल्क उपलब्ध गराउने भएको छ । 
सेवा उपलब्ध गराए वापत् रेडक्रसबाट हुने सम्पूर्ण खर्च उपमहानगरपालिकाले व्यहोर्नेछ । प्रतियुनिट रगतको ८५० रुपैयाँ तिर्दै आएका नगरका बिरामीले अब रगत निशुल्क पाउने छन् । सर्वसाधरणलाई निशुल्क उपलब्ध गराएको रगतको लागत रकम उपमहानगरले रेडक्रसलाई प्रत्येक तीन महिनामा उपलब्ध गराउने सहमती पनि भएको छ ।prasta khabar

मुख्य समाचार