घाटामा चलिरहेको हैटौंडा सिमेन्टको खाली जग्गा बेच्ने तयारी

हेटौंडा । पछिल्लो ४ वर्षमा लगातार घाटामा चलिरहेको सरकारी स्वामित्वमा रहेको हेटौंडा उपमहानगरपालिका– ९ को लामसुरेस्थित हेटौंडा सिमेन्ट उद्योगले आफ्नो खाली जग्गा बेच्ने तयारी गरेको छ । उद्योगले पछिल्लो ४ वर्षमा ६५ करोड रुपैयाँभन्दा बढी घाटा बेहोरेको छ ।

उद्योगले पुरानो मेसिन र मेसिन बिग्रिरहने समस्याको कारण लक्ष्य अनुसारको उत्पादन गर्न नसकेको तथा लगातार घाटामा र नयाँ मेसिन जडान गर्न उद्योगको केहि खाली जग्गा सरकारी मन्त्रालयलाई बेच्न सकिने मन्त्रिपरिषद् लाई जानकारी गराईएको उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले बताए ।

उनका अनुसार हालको सिमेन्टको पूर्ण संचालनको लागि ८० करोड देखि १ अर्ब खर्च लाग्छ भने नयाँ प्लान्ट जडान गर्न ५ अर्ब देखि ८ अर्ब खर्च लाग्ने छ । महाप्रबन्धक पाण्डेले उद्योगको १२ बिघा जग्गा बिक्री गर्दा र सरकारले लगानी थप्दा नयाँ प्लान्ट जडान गर्न सकिने हालको उद्योगको क्षमता भन्दा बढी उत्पादन गर्न सकिने बताए ।

मुख्य समाचार