विचार नमिल्ने दलसँग एमालेले गठबन्धन गर्दैन : नेम्वाङ

पाँचथर । नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वर्तमान सरकारले नागरिकका समस्यामा ध्यान दिन नसकेको आरोप लगाएका छन्  । पाँचथरको फिदिममा आज प्रेस चौतारी पाँचथरले गरेको पत्रकार सम्मेलनमा उनले सो आरोप लगाएका हुन् । आगामी  मङ्सिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा विचार नमिल्ने दल वा समूहसँग एमालेले गठबन्धन या तालमेल नगर्ने पनि बताउँदै  एमालेले राप्रपा वा अन्य साना दलसँग मिलेर सत्तारूढ गठबन्धनसँग चुनाव लड्ने चर्चा चलेको भए पनि त्यसका लागि गृहकार्य र वार्ता सुरु नभएको बताए । नेम्वाङ्ले वर्तमान सरकारका कमीकमजोरी र विगतमा एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामहरुलाई एजेन्डा बनाएर एमाले चुनावमा जाने बताए । सो कार्यक्रममा एमालेका अर्का नेता योगेश भट्टराईले देशको आर्थिक स्थिति कमजोर बन्दै गएको भन्दै यसप्रति सरकारले ध्यान दिनुपर्ने बताएका थिए   ।

मुख्य समाचार