एमाले अध्यक्ष ओलीले गरे पृथ्वीको आयुबारे भविष्यवाणी

नेकपा एमालेका अध्यक्ष केपी ओलीले पृथ्वीको आयुबारे भविष्यवाणी गरेका छन् । काठमाडौंमा भएको एक कार्यक्रममा बाेल्दै  ओलाीले  ओलीले पृथ्वीको आयुबारे भविष्यवाणी गरेका हुन् । विश्व ब्रम्हाण्ड, जीव र जगतको कुरा गरेर कहिल्यै नथाक्ने उनले पृथ्वीको आयु ८ अर्व वर्ष रहेकाे तर्क गर्दै आखिर ढल्नु त हुँदै छ, मर्नु त छदै छ भन्दै बीचमा केही भएन भने अब आठ अर्व वर्षमा पृथ्वी नरहने दाबी गरेका हुन् । उनले विचमा केही भयो भने त त्यसै ध्वस्त हुने भन्दै  केही भएन र यसरी नै शान्त ढंगले अगाडि जाने हो भने पनि आठ अर्वपछि पृथ्वीको आयु समाप्त  हुने  बताए । उनले पाँच छ अर्व बर्षको आयु गुजारेकाे  पृथ्वी अहिले बैंसमा रहेकाे र मानव जस्तो ब्रेनी चिजको सृष्टी गर्न सके बताइ   । उनले  ओलीले ब्रम्हाण्डको सबैभन्दा सुन्दर चिज धर्ती हो र धर्तीको सबैभन्दा सुन्दर पक्ष मानव जाति भएको बताए । उनले पृथ्वी अग्नी कुण्डमा परिणत भएर समाप्त हुने ठोकुवा गरे । त्यसभन्दा सात अर्व वर्ष अघि नै मानव जाति धर्तीबाट समाप्त हुने दावी गरे। तर पृथ्वीको खोज अनुसन्धानमा लागेका बैज्ञानिकले अहिलेसम्म पृथ्वीको आयुबारे वास्तविकता पत्ता लगाइसकेको छैन । यद्यपि ४.५७ अर्व वर्षअघि पृथ्वीको उत्पत्ति भएको अनुमान रहेकाे छ

मुख्य समाचार