बागमती गाउँपालिकामा हटाइएका कर्मचारीलाई काम गराउन उच्च अदालतको अन्तरिम आदेश

२५ साउन,मक्रान्चुली- मकवानपुर जिल्लाको बागमती गाउँपालिकामा हटाइएका एक जना कर्मचारीलाई काम गराउन उच्च अदालत पाटन हेटौंडा इजलासले गाउँपालिकाका नाममा अन्तरिम आदेश दिएको छ ।

गाउँपालिकामा कार्यरत गोपी कुमारी फूयाललाई पहिलेकै अवस्थामा काम गराउन अदालतले अन्तरिम आदेश दिएको हो । गाउँपालिकाको सूचना अनुसार म्याद नथपिएकाले फूयालको मुद्धाको अन्तीम टुङ्गो नलागेसम्म काममा लगाउनका लागि उच्च अदालत पाटन हेटौंडा इजलासले अन्तरिम आदेश दिएको हो ।

फुयाल गाउँपालिकाको पञ्जिकरण शाखामा फिल्ड सहायक पदमा कार्यरत रहनु भएको थियो ।

मुख्य समाचार समाज