थप ८६८ जनालाई काेराेना संक्रमण

पछिल्लो २४ घण्टामा थप ८६८ जनालाई काेराेना संक्रमण भएकाे छ भने कोरोना संक्रमणबाट ३ जनाको मृत्‍यु भएको  छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७०५ जनाको परीक्षणमा ८६८ जनामा संक्रमण पुष्टि भएको हो । ३ हजार ६१४जनाको पीसीआर परीक्षण गर्दा ४९६ जना र ३ हजार ९१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७२ जनामा संक्रमण देखिएको  हाे  । यस्तै बुधबार कोरोना संक्रिय संक्रमितको संख्या ८ हजार ८८५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४१४ जना संक्रमणमुक्त भएका छन् ।

मुख्य समाचार