परराष्ट्रमन्त्री खड्का चीन प्रस्थान

परराष्ट्रमन्त्री डा. नारायण खड्का तीनदिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन्। चिनिया विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खड्का १३ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै मंगलबार राति चीन प्रस्थान गरेका हुन्। 

भ्रमण टोलीमा परराष्ट्र सचिव भरतराज पौडेल, वाणिज्य तथा आपूर्ति  सचिव गणेशप्रसाद पाण्डे, भौतिक तथा पूर्वाधार सचिव गोपालप्रसाद सिग्देल र अर्थका सहसचिव ईश्वरीप्रसाद अर्याल छन्। त्यस्तै गृहका सहसचिव फणिन्द्रमणि पोखरेल, परराष्ट्रका उपसचिवद्वय शिवानी बस्नेत र ललिता सिलवाललगायत भ्रमण टोलीमा छन्। 

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खड्काले बुधबार चिनिया समकक्षीसँग भेटवार्ता गर्नेछन्। चिनियाँ विदेशमन्त्री यीले परराष्ट्रमन्त्री उनको सम्मानमा भोज आयोजना गर्ने कार्यक्रम छ।

ताइवानको विषयमा चीन र अमेरिकाबीच विवाद चुलिरहेका वेला भएको खड्काको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ। उनी बिहीबार स्वदेश फर्किने कार्यक्रम छ।

मुख्य समाचार